दाङमा आजदेखि ९ दिन सम्म लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दाङमा आजदेखि ९ दिन सम्म लकडाउन

विकास डाँगी,

दाङ । दाङमा शुक्रबारबाट पूर्णरुपमा लकडाउन भएको छ । बैशाख १७ गते बिहान ६ बजेदेखि बैशाख २५ गते साँझ ६ बजसेसम्म जिल्लामा पूर्णरुपमा लकडाउनको घोषणा गरिएको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढी रहेकाले लकडाउन अवधिभर अतिआवश्यक बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको छ । दाङमा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिएको छ ।

अतिआवश्यकीय सामान खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला गर्न पाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । अति आवश्यकीय सामान ढुवानी गर्न गाडीको प्रयोग गर्नु पर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ ।

खानेपानी, दुध, तरकारी, इन्धन, औषधि, विद्युत आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन र पुशपन्छिको दानासँग सम्बन्धीत कामलाई अतिआवश्यकीय सेवा अन्तर्गत राखिएको छ ।

पूर्व पश्चिम राजमार्ग भएर दाङ हुँदै गुड्ने गाडीहरुलाई यात्रु चढाउन र झार्न निषेध गरिएको छ । त्यस्तै, जिल्लामा रहेका सम्पूर्ण विद्यालय एवम् कलेजहरुको पठनपाठन र विद्यालयको परीक्षा पूर्ण रुपमा बन्द गरेर अनलाइन कक्षा संचालन गर्न पाउने व्यवस्था गरिएको छ ।

साथै लकडाउन अवधिभर विवाह र व्रतबन्ध गर्दा जिल्ला प्रशासनको सिफारिस लिनु पर्ने छ । भने विवाहमा जन्ती जाँदा एउटा गाडी र पाचँ जनामात्रै जान पाइने छ । त्यस्तै विवाह व्रतबन्धको पार्टीमा २५ जनाभन्दा बढीलाई सहभागी हुन नपाइने भएको छ ।

बिहीबार सम्म जिल्लामा ७३ को कोरोना संक्रमणबाट मृत्यु भएको छ ,भने अहिले १ हजार १ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा संक्रमितको संख्या ४ हजार २ सय ८५ पुगेको छ । अहिले सम्म ३ हजार १ सय ६ जना निको भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);