कोशी टप्पु वन्यजन्तु आरक्षमा पछिल्लो दुई वर्षको अवधिमा ५७ वटा अर्ना थपिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कोशी टप्पु वन्यजन्तु आरक्षमा पछिल्लो दुई वर्षको अवधिमा ५७ वटा अर्ना थपिए

भैरहवा। कोशी टप्पु वन्यजन्तु आरक्षमा पछिल्लो दुई वर्षको अवधिमा ५७ वटा अर्ना थपिएका छन् ।

२ वर्षअघि ४ सय ४१ वटाको संख्यामा रहेको अर्ना पछिल्लो गणनाको क्रममा भने ५७ वटाले वृद्धि भएको हो । आरक्ष कार्यालयले अर्ना गणना प्रतिवेदन सार्वजनिक गर्दै १२ दशमवल ९ प्रतिशतले अर्नाको संख्यामा वृद्धि भई कुल संख्या ४ सय ९८ पुगेको जानकारी दिएको छ ।

सार्वजनिक प्रतिवेदन अनुसार आरक्षमा वयस्क भाले अर्नाको संख्या २ सय २१ रहेको छ । वस्यक पोथी अर्ना १ सय ६२ वटा र अर्ध वयस्क अर्ना ४८ वटा रहेका छन् ।

आरक्ष भित्र दुई वर्ष उमेर सम्मको अर्नाको बच्चा ३५ वटाको संख्यामा रहेको छ भने एक वर्ष सम्मको बच्चा ३२ वटा भेटिएको आरक्ष कार्यलयले जनाएको छ । आरक्ष कार्यालयले अर्नाको संख्यामा वृद्धि हुँदै गएपनि संरक्षणमा समस्या थपिदै गएको जनाएको छ ।

आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामले खुल्लाचरिचरण र छाडा चौपायाका कारण अर्नाको जिन समस्यामा पर्दै गएको बताउनुभएको छ । जगंली भैसी समेत भनेर चिनिने अर्ना विश्वमानै दुलर्भ वन्यजन्तुको रुपमा सरक्षिंत रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);