कोशी टप्पु वन्यजन्तु आरक्षमा आन्तरिक र वाह्य पर्यटकको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोशी टप्पु वन्यजन्तु आरक्षमा आन्तरिक र वाह्य पर्यटकको भीड

शौरव यादव, सप्तरी

विराटनगर, २२ मंसिर । विराटनगरबाट ५० र धरानबाट करीब ४० किलोमिटरको दुरीमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा आजभोली आन्तरिक र वाह्य पर्यटकको घुईंचो लागेको छ । आरक्षमा पर्यटकलाई लोभ्याउने र विश्वमा नभएका विविधताको दृश्यावलोकन गर्ने पर्यटकहरुको अहिले त्यहाँ भिड लाग्ने थालेको हो ।

प्रदेश एकको राजधानी विराटगरबाट करिव ५० किलोमिटरको दुरीमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा वाह्य पर्यटकको संख्या वढेको छ । आरक्षले पर्यटन बढाउनका लागि अघि सारेको कार्यक्रम लगायत परापूर्व कालदेखि रहेका दुष्य अवलोकन गर्ने पर्यटकको अहिले यहाँ घुईंचो लागेको हो ।

कोशी टप्पु वन्य जन्तु आरक्ष सुनसरी जिल्लाको सप्तकोशी नदीको किनारमा रहेको छ । कुल १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्षले सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा छुन्छ ।

चतराबाट ३० किलोमिटर दक्षिणमा पर्ने यो कोशीटप्पुसम्म सप्तकोशीमा नौका विहारको आनन्दसमेत लिन सकिन्छ । त्यसकारणले पनि शैक्षिक, अध्ययन अनुसन्धानका लागि देश भित्रबाटै पनि धेरै मानिसहरु यहाँ आउने गरेका छन् ।

तथ्यांक अनुसार कोशीटप्पुमा ४ सय ८९ प्रजातिका चरा तथा बन्यजन्तु छन् । २ सय १९ को संख्यामा दुर्लभ अर्ना, करिव १२ वटा दुर्लभ डल्फीन छन् । हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर, गोही सहित २० भन्दा बढी प्रजातिका जनावरहरू पनि यहाँ पाइन्छ । विश्वमै दुर्लभ मानिएको काँडेभ्याकुर पनि कोशी टप्पूको आकर्षण हो ।

कार्तिकदेखि फागुनसम्म अर्ना र चराको दृश्यावलोकनका लागि बढी उपयुक्त वेला समेत पर्दछ । यो अवधिमा चराहरूको भीडले कोशीटप्पुको रौनक नै अर्कै हुन्छ । अझ हात्ती चढेर आरक्षण र नजिकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);