वन जंगलको अधिकारका लागि छुट्टै कानुन बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

वन जंगलको अधिकारका लागि छुट्टै कानुन बन्दै

विराटनगर, २२ मंसिर । प्रदेश–१, का वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसैयतले वन जंगलको अधिकार र व्यवस्थापनका लागि प्रदेश मन्त्रालयले छुट्टै कानुन बनाउन लागेको बताएका छन् ।

नेपाल वन पैदावर उद्योग व्यवसायी संघले शनिवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुसैयतले प्रदेशको वनक्षेत्र संरक्षणका लागि छुट्टै कानुन ल्याउन लागेको बताए । उनले स्थानीयहरुले पनि छुट्टै कानुनको माग गरेको र व्यवसायीलाई पनि यसले फाइदा पुग्ने बताए ।

त्यसैगरी, कार्यक्रममा व्यवसायी बावुराम घिमिरेले प्रदेश–१ मा ५९ लाख हेक्टर वन क्षेत्र भएको र अझै धेरै ठाउँमा बृक्षारोपण गर्न आवश्यक भएको धारणा राखे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);