वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार

sakti basnet

काठमाडौं, २१ भदौ । सरकारले वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी गरेको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको अहिलेको चुनौतिलाई सामना गर्न वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी भईरहेको जानकारी दिएका हुन् । बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले खानेपानीको उचित व्यवस्थापनका लागि एकीकृत कानुन निर्माण गर्नुपर्ने आवश्यक्ता पनि औल्याए ।

मन्त्री बस्नेतले स्वच्छ वातावरण र शुद्ध खानेपानी उपयोग गर्ने नागरिकको संवैधानिक अधिकारलाई प्रत्याभूति दिलाउन सरकारले विद्यमान ऐन, कानुनमा संशोधन गर्दै लैजाने योजना रहेको उल्लेख गरे । मन्त्री बस्नेतले खानेपानीको उचित व्यवस्था गर्न स्थानीय तहको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);