राष्ट्रिय सभाले विभिन्न तीन वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय सभाले विभिन्न तीन वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठायो

rastriya sava

काठमाडौं, ५ भदौ । राष्ट्रियसभाले तीन वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि पहिलो संशोधन विधेयक २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक २०७५ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि पहिलो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा लैजाने प्रस्ताव पेश गर्नु भएको थियो ।

त्यसैगरी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५ र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्नु भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक भदौं १२ गते मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);