प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा राष्ट्रियसभा बैठक आज पनि अवरोध | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा राष्ट्रियसभा बैठक आज पनि अवरोध

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ ।

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर एमाले राष्ट्रिय सभा सदस्यहरुले आजको बैठक पनि अवरोध गरेका हुन् । एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

एमालेकी सांसद भगवती न्यौपानले आफूहरुको अवरोध जारी रहने बताएपछि अध्यक्ष गणेश तिम्सिनाले कार्ययूसीमा रहेका दुईवटा बुँदा हटाएर शोक प्रस्तावमात्र पेश गरेका थिए ।

राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने पहिलो कार्यसूची थियो ।

त्यस्तै दोस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने थियो ।

यी दुबै कार्यसूची हटाएर अध्यक्ष तिम्सिनाले शोक प्रस्तावमात्र अगाडि बढाएको थियो । अर्को बैठक असोज ५ गते बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);