संसदको अवरोध हटाउन सरकार र प्रतिपक्षी दललाई राष्ट्रिय सभाध्यक्षको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

संसदको अवरोध हटाउन सरकार र प्रतिपक्षी दललाई राष्ट्रिय सभाध्यक्षको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा भइरहेको अवरोध अन्त्य गर्न सरकार र प्रतिपक्षी दललाई आग्रह गरेका छन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै चालु अधिवेशनको प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठकदेखि नै अवरोध भइरहेको छ । 

प्रतिनिधिसभाको बैठकमा प्रमख प्रतिपक्षी एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन् । राष्ट्रिय सभामा भने एमाले सांसदहरू उठेर विरोध जनाइरहेका छन् । 

सोही क्रममा बिहीबारको राष्ट्रिय सभा बैठकमा पनि एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन् । बिहीबारको बैठक सुरु हुनासाथ एमालेले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अवरोध वार्ता र संवादबाट समाधान गर्न आग्रह गरो हुन् । 

बैठकमै अध्यक्ष तिमिल्सिनाले भने, ‘माननीय सदस्यहरु यहाँहरुले आफ्नो कुरा राखिराख्नु भएको छ। राष्ट्रले र सबैले यो सुनेको पनि छ । वार्ताको माध्यमबाट नै समस्या समाधान गरी संसदलाई नियमित चल्न दिनु नै उपर्युक्त हुन्छ।’ 

एमाले सांसदको विरोधबीच राष्ट्रिय सभाले विनियोजन विधेयक २०७८ पारित गरेको छ भने प्रतिनिधिसभाले विनियोजन विधेयक २०७८, आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरिसकेको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);