वाईसीएललाई प्रचण्डको निर्देशन : जाली, फटाहा, गुण्डा र भ्रष्टलाई ठोक्नुस्, गोद्नुस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वाईसीएललाई प्रचण्डको निर्देशन : जाली, फटाहा, गुण्डा र भ्रष्टलाई ठोक्नुस्, गोद्नुस्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जाली, फटाहा र भ्रष्टाचारीलाई ठिक पार्न वाईसीएललाई निर्देशन दिएका छन् ।

वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले गलतविरुद्ध नडराएर लड्न युवाहरूलाई निर्देशन दिए । त्यसबेला परिआउने स्थितिमा आफूले व्यहोर्ने उनले प्रतिबद्धता जनाए ।

‘केपी प्रवृत्तिविरुद्ध लड्दा जेल जान सकिन्छ । यसले जेल हाल्छ, विभिन्न विदेशी प्रतिक्रियावादीसँग साँठगाँठ थियो । मर्न नि सकिन्छ भनेर हिँडियो । बरु मर्ने जेल जाने र तर परास्त गर्ने भनेर लड्यौं । जितियो । तपाईहरू पनि नडराउनुहोला । लड्नुहोला,’ उनले भने ।   

प्रचण्डले वाईसीएलले २०६४ कै माहोल फर्काउनुपर्ने बताए । ‘जो डरगया ओ मरगया हुन्छ । हिजो पनि जितेकै हो आज पनि जित्छौं । २०६४ जस्तो माहोल बनाउनै पर्छ । ढाँट्ने, छल्ने, पुलिस लगाएर चुनाव जित्नेलाई लखेट्नुपर्छ । गुण्डा र भ्रष्टलाई ढोक्नुस् । या केही नगरी दिउँसै रात पार्नेहरूलाई ठिक गर्नुपर्छ । जाली फटाहालाई ठिक पार्ने । जनताको सेवा गर्ने गर्नुस् । फटाहा आयो भने गोद्ने । चैनसँग बस्न नदिने । जनतालाई रक्षा गर्ने । यसो गरियो भने नतिजा २०६४ भन्दा पनि बढी हुन्छ,’ उनले भने ।  

संसद् विघटन गर्दा नडराएर लड्दा जितिएको उनले बताए । ‘जेल हाले पनि हाल भन्या भएर पो जितियो । डराएको भए जितिँदैनथ्यो । डराएको भए जनयुद्ध हुँदैनथ्यो । नडराउँदा संसद् ब्युँतियो । अहिले केन्द्र सरकारमा हामी छौं । अर्थमन्त्री हाम्रै छ । प्रदेश सरकारमा छौं । बागमती र प्रदेश १ मा एक साताभित्र हुन्छ । हाम्रा मन्त्री हुन्छन्,’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);