प्रचण्डमा आएको विचलनको अर्थ के हो ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रचण्डमा आएको विचलनको अर्थ के हो ? (भिडियाेसहित)

आत्मा हत्या गर्ने अबस्थामा पुगेको भन्ने अभिव्यक्ति बारे प्रचण्डको आलोचना हुने क्रम तिब्र, दाहालको कार्यक्षमतामा ह्रास आएको भनाइ

काठमाडाैं । आरोपप्रत्यारोप र गालीगलोजको सिलसिला देखेर नेताहरुप्रति वाक्क दिक्क बनेका जनता पछिल्लो समय जिम्मेवार नेताहरुका अभिव्यक्ति सुनेर आश्चर्यचकित छन।

हजारौ कार्यकर्ता जम्मा गरेर भाषण गर्न खौखिन हाम्रा नेताहरुसँग देस र जनताका लागि खास एजेण्डा छैनन। त्यसैले उनीहरु माइक देख्यो कि एक अर्काविरुद्ध गालीगलोज गर्न तम्सििन्छन।

जसका कारण राजनीतिक माहोल नै प्रदुषित भएको छ भने नेताहरुले अत्यन्तै गैर जिम्मेमार अभिव्यक्ति दिइरहेका छन। माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालका अभिव्यक्ति एकपछि अर्को गरि विवादित बन्दै छन। विहिबार एउटा कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले राजनीतिक अबस्तथाकै कारण आत्महत्या गर्ने विकल्पको बारेमा समेत सोचेको खुलासा गरेसँगै उनको अभिव्यक्ति बारे सर्वत्र चर्चा शुरु भएको छ। यस्ता अभिव्यक्तिले प्रचण्डमा राजनीतिक विचलन आएको त होय भनेर समेत चर्चा सुरु भएको छ।

दाहाल केहि समय यता लगातार आफ्नै पार्टीका नेता कार्यकर्तामाथि खनिदै आएका छन। उनले पार्टीसँगै शासन व्यवस्था ठिक कि वेठिक भनेर भन्न गरेका छन। राष्ट्रपति भन्दा त राजाकै मान सान ठुलो भन्ने अभिव्यक्ति दिएर आलोचित बनेका प्रचण्डले त्यस अघि विद्यार्थी नेताहरुलाई आक्रमक ढंगले सडक आन्दोलनमा आउन आह्वान गरेका थिए। आफुलाई ननभेज आन्दोलन मन पर्ने अभिव्यक्ति दिएपछि विगतमा पनि प्रचण्डका अभिव्यक्ति बारे बौद्धिक बर्ग समेत बहसमा उत्रिएको थियो।

त्यतिमात्र होइन कम्फरटेबल सरकारवाला अभिव्यक्तिका कारण पनि प्रचण्ड आलोचित बन्न पुगे। आफ्ना पार्टीका ४९ जना सांसदले मन्त्री बनाउन दबाब दिएको थेग्न नसकेको बताएका प्रचण्डले वेला वेलामा फेरि क्रान्ति गर्न रहर छ भन्ने अभिव्यक्ति समेत दिने गरेका छन। । टाउको फुटाउने आन्दोलन गर्न कार्यकर्तालाई उक्साउने प्रचण्डले परिस्थिति र भिड हेरेर त्यस्तै व्यवहार गर्ने चालबाजी अपनाएका छन।

मोओवादी अध्यक्षले दिने यस्ता अभिव्यक्तिबाट कहि माओवादी आन्दोलनको विरासत थाम्न नसकिने अबस्था आएको त होइन भनेर अनुमान लगाइदैछ। १७ हजार जनता सहिद भएपछि फेरिएको सासन व्यवस्था अन्र्तगत प्रचण्ड दुई दुई पटक देसको प्रधानमन्त्री भइसकेको जिम्मेवार नेता हुन। २०६४ मा प्रचण्डले देसका लागि केहि राम्रो गर्न सक्छन कि भन्ने आसाका साथ जनताले माओवादीलाई सबै भन्दा ठुलो पार्टी बनाएर प्रचण्डलाई देसको प्रधानमन्त्री बनाएका थिए।

तर उनले जनताको विश्वास कायम राख्न सकेनन। परराष्ट्र नीतिका संवेदनशीलता जोडिएका कतिपय विषयहरूमा कहिले वक्तव्य निकालेर त कहिले विवादास्पद अभिव्यक्ति दिएर प्रचण्ड पटक–पटक विवादमा तानिने गरेका छन्।

१० वर्षे सशस्त्र विद्रोहका सुप्रिम कमाण्डर प्रचण्डको भाषण शैलीमा ह्रास आएको सबैभन्दा ताजा दृष्टान्त हो यो। कुनै समय यस्तो थियो, प्रचण्ड कठोर भन्दा कठोर निर्णय गर्न सक्थे। कतिपय निर्णयहरु विवादित र आलोचित बन्न सक्छन भन्ने थाहा हुदा पनि उनले आफ्नो कार्य शैलीमा आफ्नै काबु राख्न सक्थे। तर अहिले त्यस्तो अनुभुती नगर्नेहरुको सख्या ठूलो छ।

देशको भविष्यलाई दिशानिर्देश गर्ने राजनीतिज्ञहरुले नै यस्ता अभिव्यक्ति दिने हो भने, युवा पुस्तामा राजनीति प्रति थप वितिष्णा बढ्ने छ। नेताहरुका भाषण र उनीहरुले प्रयोग गरेका शब्द सुन्दा देसको राजनीति कुन दिशामा जादै छैन भन्ने अनुमान सजिलै लगाउन सकिन्छ। पार्टीभित्र विवाद हुनु, नेतहरुका बीचमा मतमतान्तर हुनु, पार्टीहरु फुट्ने र मिल्ने प्रकृया राजनीतिमा सामान्य विषय मानिन्छ।

तर जीवनको उत्तरार्धमा पुगेका शिर्ष नेताहरु नै तल्लो स्तरका भाषण र गाली गलौजमा तल्लनि भएको देख्दा आम जनतामा निरासा छाएको छ। यसले प्रचण्डलाई आफ्नै काम प्रति भित्रि रुपमा असन्तुष्टि छैन कि भन्ने अनुमान पनि लगाउन सकिन्छ। स्वभाविक छ मोआवादीका अध्यक्ष प्रचण्ड सबैले मानेका नेता हुन। उनले देस र जनताका लागि केहि गर्न सक्छने विश्वास अझै पनि छ।

पछिल्लो डेढ दशक यता प्रचण्डा सत्ताको मियो पात्र बनेका छन। जसको सरकार बने पनि सरकारलाई कति टिकाउने भन्ने कुरा प्रचण्डकै हात छ। देस र जनताले अपेक्षा गरेका नेताहबाट बारम्बार यस्ता अभिव्यक्ति सुन्दा आम जनतामा नै नैरश्यता पैदा भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);