एमाले विधान महाधिवेशन : १० वटा समूह छलफलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमाले विधान महाधिवेशन : १० वटा समूह छलफलमा

काठमाडौं । नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनमा आज शनिबार समूहगत छलफल हुँदैछ । विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका थिए ।

ती प्रतिवेदनमाथि छलफल गर्न शुक्रबार नै १० वटा समूह बनाएको एमालेले प्रतिवेदनमाथि विमर्श गरेर पार्टी नीति तयार पार्नेछ । १० वटा समूहलाई शनिबार आठ बजेदेखि चार घण्टाभित्र समूहगत छलफल गर्न समय दिइएको छ । एमालेले ६ हजार प्रतिनिधिलाई १० समूहमा विभाजन गरेको छ । एक समूहमा औसत ६ सय जना छन् । 

तेस्राे दिन १७ असाेजमा दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ । महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशन एमालेको पुनर्जागरण अभियान रहेको बताए । ‘आगामी चुनावमा एमालेलाई पहिलो, अब्बल मात्रै होइन कि बहुमतसहितको पार्टीका रूपमा पुनःस्थापित त गर्ने र राज्यका निकायमा संघ, प्रदेश र स्थानीय सरकारमा एमालेको पुनरागमन गर्ने आधार विधान महाधिवेशनले तय गर्नेछ । एमालेलाई सरकारमा कमब्याक गर्ने एउटा आधार तयार गर्नेछ,’ उनले भने ।

मुलुकमा  संघीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न एमालेको प्रथम विधान महाधिवेशन आायोजना भएको हो । एमालेले आगामी मंसिर दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरिसकेकाे छ ।  एमालेको २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);