विधान महाधिवेशनमा आज ओलीले जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विधान महाधिवेशनमा आज ओलीले जवाफ दिने

काठमाडौं । नेकपा (एमाले)को ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले  जवाफ दिनेछन् ।

महाधिवेशनको पहिलो दिन ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सात वटा प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको थियो ।

१० मध्ये बाँकी रहेका पाँच समूहले आइतबार नै सुझाव पेस गरिसकेपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनबारे, महासचिव पोखरेलले सांगठनिक प्रतिवेदनबारे र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् । 

गत शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी छन्। प्रतिवेदनमाथि प्राप्त सुझावमा दस्तावेज प्रस्तोताले सम्बोधन गरी पारित गर्ने कार्यसूची  छ । महाधिवेशनले पार्टीको केन्द्रीय निर्वाचन आयोग पनि गठन गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);