कांग्रेसको कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कांग्रेसको कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी

काठमाडौं । असोजनेपाली कांग्रेसको कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति शेरबहादुर देउवानिकट दाहाल एक सय ५१ मत पाएर विजयी भएको का‌ंग्रेस काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए । उनका प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले एक सय ३८ मत पाएका छन् ।

काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको थिए । सचिव पुडासैनीका अनुसार अहिलेसम्म बूढानीलकण्ठ र कागेश्वरी–हनहरामा परिणाम आइसकेको छ भने अन्यमा गणना जारी छ ।

काठमाडौं महानगरमा अहिले बिहान ९ बजेदेखि मतदान सुरू भएको छ । ११ वटा पालिका रहेको काठमाडौंमा दक्षिणकालीमा वडा नम्बर २ को वडा अधिवेशन बाँकी रहेकाले पालिका अधिवेशन सुरु हुन सकेको छैन । कीर्तिपुरमा सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);