तारकेश्वरमा कांग्रेस नगर सभापतिमा महर्जन विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तारकेश्वरमा कांग्रेस नगर सभापतिमा महर्जन विजयी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं तारकेश्वर नगर समिति सभापतिमा कृष्णहरी महर्जन विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनमा सभापतिमा एक सय ३५ मत प्राप्त गरी महर्जन विजयी भएका हुन् । सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो ।

महर्जनका प्रतिस्पर्धी श्रीराम थापाले एक स १४ मत ल्या भने अर्का प्रत्यासी मुकुन्द तिमिल्सिनाले जम्मा २ मत पाए । महर्जन कांग्रेस नेता भीमसेन दास प्रधान निकट भने थापा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् ।

यस्तै उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन् । तिमिल्सिनाले एक सय २३ मत र अर्यालले एक सय २५ मत पाए । त्यस्तै सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भएका छन् । सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);