राष्ट्रियता विरुद्धका अभिव्यक्ति स्वीकार्य हुन सक्दैन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राष्ट्रियता विरुद्धका अभिव्यक्ति स्वीकार्य हुन सक्दैन (भिडियाेसहित)

उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै संविधानको मर्म विपरित नेपाललाई बहुराष्ट्र र बहुलराज्य बनाउका लागि आन्दोलनरत रहेको भन्दै अभिव्यक्ति दिएसँगै यसको सर्वत्र विरोध भइरहेको छ । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो। संविधानको धारा ४ मा भनेको छ, अनेकौं विशेषता सहित नेपाल राज्य हो। यसको अर्थ हो । अनि बहुल राज्यको कुरा उपप्रानमन्त्री महतोले कसरी उठाउँनु भयो ? संविाले नैभनेको छ नेपालमा एउटा मात्र राष्ट्र छ, एउटा मात्र राज्य छ । त्यो नेपाल हो नेपाल हो भनेर ।

यति कुरा संविानले नै भनेपछि राजेन्द्र महतोको अभिव्यक्तिमा नेपाललाई विखण्डन गर्ने आसय झल्कन्छ । महतोको उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै विभिन्न राजनीतिकदलका नेता, विभिन्न संघसंगठन र आम जनताले उपप्रानमन्त्री महतोको चर्को विरोध गरिरहेकाछन । नेपाललाई विघटन गर्ने वा विघटन गर्न बल पुग्ने कुनै पनि आन्दोलन देशभक्त नेपालीका लागि स्वीकार्य हुन सक्ने कुरै भएन । स्वयम राजेन्द्र महतोले यो विषय राम्रोसँग बुझ्नु भएको छ । शुक्रबार देखि नै सामाजिक सञ्जालमा उपप्रधानमन्त्री महतोको अभिव्यक्ति प्रति जनताले आक्रोस पोखिरहेकाछन, आपत्ति जनाइरहेकाछन । महतोले यस अघि पनि वेला वेलामा विवादित अभिव्यक्ति दिदै आउनु भएको थियो ।

यस अघि नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको थियो । उक्त विषय निकै विवादित बन्न पुग्यो । तत्कालिन उपराष्ट्रपति झाले हिन्दीमा सपथ लिदा नेपाली जनताले सिधै अस्वीकार गरे । त्यसले आन्दोलनकै रुप लियो, समाजिका सञ्जाल र ब्लगहरू सोहि विषयका टिप्पणीहरूले भरीन थाले । उक्त विषय अदालत सम्म पुग्यो । पछि झाले २०६६ साल माघ २४ गते पुनः नेपाली र आफ्नो मातृभाषा मैथली दुबैमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भयो ।

त्यसपछि संविधान नै संसोधन भयो । अहिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई सम्बन्धीत व्यत्तिको मातृ भाषामा पद तथा गोपनीयताको शपथ लिन सक्ने व्यवस्था संविधानमै छ । नेताहरुले के बुझ्नु पर्छ भने, हाम्रो सामाजिक चरित्र र समाज निर्माणको प्रक्रिया विशिष्ट प्रकारको छ । हाम्रो सामाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक संरचनामााट बनेको छ । हाम्रो समाजको जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक, लैंगिक तथा वर्गीय विविधतालाई आत्मसात् गरी सबल, समुन्नत र अखण्ड राष्ट्रको निर्माण गर्र्ने कामको विरुद्धमा जाने छुट कस्ेलाई छैन ।

समाजमा रहेका असमानताहरू हटाई आत्मसम्मान सहितको समृद्ध समाजको निर्माण गर्न संविधानले समाजवादउन्मुख समावेशी राज्यको परिकल्पना गरेको अस्थाा नेताहरुका गलत कदम कुनै वाहानामा स्वीकार्य हुन सक्दन । तर नेपालको दुर्भाग्य भन्नु पर्छ, सत्ता प्राप्तिका लागि सबै सर्तहरू स्वीकार गर्ने सत्ता प्राप्त गरेपछि सत्तालाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने व्यक्तिवादी प्रवृत्ति नै मुलुकमा विद्यमान समस्याको मुल जड बनेको छ । आन्दोलनमा लोकतन्त्रको कुरा गर्ने पदमा पुगेपछि लोकतान्त्रिक अधिकारहरूको कार्यान्वयन गर्न पटक्कै नरुचाउने, संविधानमा टेकेर सत्ताको नेतृत्व लिने तर संविधानको मूल मर्मका रूपमा रहेका समावेशिता, संघीयता र न्यायपूर्ण विकासमा रुचि नराख्ने प्रवृत्ति नेताहरुमा छ ।

सीमित स्वार्थ समूहको हितका लागि राज्य संयन्त्र प्रयोग गर्न उद्यत हुने प्रवृत्तिबाट नेतृत्वले सत्ताको चरम दुरुपयोग गरेको कसैबाट लुक्न सकेको छैन । राजेन्द्र महतोको अभिव्यक्ति यसैको उपज हो । निहित स्वार्थका लागि छिमेकी राष्ट्रलाई खुसी पार्ने खालका अभिव्यक्ति दिनेहरु उनीहरूकै दलाली गरेर मुलुकलाई संकटको भुमरीमा धकेलिरहेका छन । व्यक्तिगत स्वार्थ सिद्ध गर्न अरू कुनै शक्तिको स्वार्थमा नेपाली जनताको हितविरुद्धमा सत्तालाई सञ्चालन गर्ने मानसिकता बोकेर आउनेहरूबाट मुलुकको बर्बादी हुन सक्छ भन्ने कुरामा नेपाली जनता राम्रोसँग जानकार छन ।

कोरोना महामारीले जनताको दैनिकी संकटग्रस्त बनेको वेला उपप्रानमन्त्रीबाटै संविान र आमा जनताको आत्मसम्मानमा चोट पु¥याउने खालका अभिव्यक्ति आउनु आपत्तीजनक विषय हो । जनताप्रतिको दायीत्वाट च्युत भएको उदाहरण हो । त्यसैले जनताप्रति उत्तरदायी भएर पदमा पुगेका वा नपुगेका नेताहरुले आफ्नो जिम्मेवारी पुरा गर्न सक्नु पर्छ । राष्ट्र र राष्ट्रियता विरुद्ध काम गर्ने वा बोल्ने छुट नेपाली जनताले कसैलाई दिएका छैनन । नेपाली जनताको राष्ट्रवादको अगाडी कुनै नेताको गैर जिम्मेवार हर्कत वा अभिव्यक्ति टिक्न सक्दैन । नेपालमै राजनीतिक भविष्य खोज्नेहरुले यस विषयमा चेताना राख्नु पर्छ । अन्यथा जनताले यस्ता हर्कतको हिसाव राख्न राम्रोसँग जानेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);