उपप्रधानमन्त्री नियुक्त भएलगत्तै राजेन्द्र महतो विवादमा, बहुल राष्ट्रिय अभिव्यक्तिप्रति एमाले नेताहरुकै आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

उपप्रधानमन्त्री नियुक्त भएलगत्तै राजेन्द्र महतो विवादमा, बहुल राष्ट्रिय अभिव्यक्तिप्रति एमाले नेताहरुकै आपत्ति

rajendra mahato-rajapa

काठमाडौं । जनता समाज पार्टीका तर्फबाट उपप्रधानमन्त्री नियुक्त भएलगत्तै दिएको अभिव्यक्तिले राजेन्द्र महतो विवादमा परेका छन् । शुक्रबार पदभार ग्रहण गर्ने क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि सरकारमा बसेर आन्दोलन गर्ने बताएका थिए ।

उनले भनेका थिए, सरकारमा आफूहरु आउनुको मुख्य कारण भनेकोनै मधेशका मुद्धाहरु स्थापित गर्नका लागि हो । त्यस्को साथै बहुल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्छोँ र यो सरकारमा हुँदा पनि जारी रहन्छ । उनको यस्तो जवाफ आएलगतै नेकपा एमालेका कतिपय नेताहरुले राजेन्द्रको प्रतिवादमा उत्रेका छन् ।

सत्तारुढ दल एमाले भित्रकै वरिष्ठ नेता वामदेव गौतमले महतोको सो अभिव्यक्ति संविधानविपरीत रहेको भन्दै कडा आपत्ति गरेका छन् । गौतमाले शनिबार सामाजिक संञ्जालमार्फत भनेका छन, ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा आफू अत्यन्तै दुःखी भएको छु ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);