'गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

‘गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन’

rajendra mahato

काठमाडौं,२७ फागुन । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको शुरुवात गर्नुभएका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा शनिवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आईरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताउनु भयो । उहाँले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने बताउनु भयो । अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक छ ।’ अगाडी भने ‘अहिले नेपाल एकल राज्यको रुपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरुको देश बनाउनका लागि एकत्रित रुपमा अन्दोलन गर्नु अहिलेको आवश्यक्ता छ ।’

फरक प्रसंगमा नेता महतोले मधेस केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);