संसद पुनर्स्थापना नभए संकटकाल लागू हुन्छ : केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संसद पुनर्स्थापना नभए संकटकाल लागू हुन्छ : केसी

बिष्णु खनाल
अर्घाखाँची, ३० माघ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले प्रधानमन्त्री ओलीले विघटन गरेको संसद पुनर्स्थापना नभए देशमा संकटकाल लाग्न सक्ने बताउनु भएको छ । उहाँले संसद पुनर्स्थापनाको पक्षमा सबै दलहरु एकजुट भएर आन्दोलन गर्नुको विकल्प नरहेको बताउनुभयो ।

केसीले गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षार्थ प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमका विरुद्ध नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–माधब समुह, मधेसवादी दल लगायतका दलहरु एक भएर आन्दोलन गर्ने अवस्था श्रृजना भएको बताउनुभयो ।

प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भारतको ईशारामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको आरोप लगाउनुभयो । नेपाली जनताको लामो संघर्ष र वलिदानीबाट प्राप्त भएको गणतन्त्र खतरामा परेको बताउनु भयो ।

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देश संकटमा फसेको बताउनु भयो । राष्ट्रपति संबिधानको रक्षक पनि भएकाले प्रधानमन्त्रीले गरेको सिफारिस विचार गरेर मात्र कार्यन्वयन गर्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय जनमोर्चा केन्द्र, प्रदेश र स्थानीय तहमा दलहरु सँग सहकार्य गरेर आन्दोलन गर्न तयार रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);