सरकारले तोकेकै मितिमा प्रतिनिधि सभाको निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारले तोकेकै मितिमा प्रतिनिधि सभाको निर्वाचन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १९ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताउनु भएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)केन्द्रीय कमिटीद्धारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति बैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको हो ।

कतिपय शक्तिहरुले चुनाव हुँदैन भन्ने भ्रम सिर्जना गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबि गर्नुभयो । प्रतिनिधि सभाको चुनाव नेपाली जनता र देशको आवश्यकता भएकोले चुनाव तोकिएकै समयमा हुने उहाँको भनाई छ । 

प्रधानमन्त्री ओलीले संविधान र कानूनले विघटित संसद पुर्नस्थापना गर्न नमिल्ने भन्दै विघटित संसद नबौरिने बताउनुभयो । देशलाई अलमलमा बस्न नदिन निर्वाचन आवश्यक रहेको उहाँको भनाई छ । पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्सा छापेकोमा तथा संविधान संशोधन भएकोमा बाहानामा गुटबन्दी गरेकोले संगठन गतिशिल नभएको उहाँको भनाई छ ।

पार्टी भित्रै बसेर आन्दोलनको बदनाम गरेको र सरकारको कामको बदनाम गराउनमात्रै समय बरबाद गरेकाले संसद भंग गर्नुपरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आजै सर्वोच्च अदालतमा संसद विघटन गर्नुपरेको कारणको जवाफ पठाएको समेत बताउनुभयो । 

प्रधानमन्त्री ओलीले पार्टीको चुनाव चिन्ह सूर्य आफुहरुले नै पाउने बताउनुभयो । उहाँले नेपालको विदेश नीति सन्तुलित हुने र भौगोलिक अखण्डातको रक्षा गर्दै राष्ट्रिय हितलाई सुरक्षित गर्न अघि बढ्ने पनि बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);