प्रधानमन्त्रीको आग्रह, ‘चुनावका लागि तयार होऔं’ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रधानमन्त्रीको आग्रह, ‘चुनावका लागि तयार होऔं’

विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव तोकिएकै समयमा हुने र सूर्य चिन्ह आफूहरुले नै पाउनेमा विश्वस्त रहेको बताएका छन् ।

नेकपा ओली पक्षको प्रदेश १ ले विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले निर्वाचन आयोगले सूर्य चिन्ह कसलाई देला भन्ने सर्वत्र चासो भैरहेको हुुँदा आफूले २०४७ साल देखि सूर्य चिन्हबाट चुनाव लडेको तर सूर्य चिन्हबाट चुनाव नलडेकाले यसमा दावी गरेको भन्दै आपत्ति जनाए ।

‘म २०४७ साल देखि सूर्य चिन्हबाट चुनाव लडेको छु, तर सुुर्य चिन्ह बाट नलडेकाले दावी गर्दा तपाईहरुलाई हाँसो लागेन ?’ उनले सभालाई प्रश्न समेत गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने बताउँदै सबै बैशाख १७ र २७ गते हुने चुनावका लागि तयार हुन आग्रह गरे ।

उनले भने, ‘हामी चुनावको तयारीमा छौं, अब अस्थिरतातिर देश फर्कदैन, कुनै भ्रममा नपरी चुनावको तयारी गरौं ।’

यस्तैगरी सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्ड प्रति आक्रोश समेत पोखे । प्रचण्डलाई राजनीतिमा सफलता पाउन सम्भव नभएको दावी गर्दे उनले भने, ‘मैले दुुई चार सिटमा सिमित हुुने प्रचण्डलाई जुरो हालिदिएको थिएँ, सिङ लामा भएपछि उहाँमा अहंकार भरियो, उहाँ हामीलाई सिध्याउँछुु भन्ने तिर लाग्नुुभयो ।’

प्रतिनिधि सभा विघटनपछि नेकपा दुई पक्षमा विभाजित भएको छ । विभाजित दुबै पक्षबीच प्रदर्शनको होडबाजी चलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);