“प्रतिनिधिसभा पुनर्स्थापना भए दाहाल र नेपाल प्रधामन्त्री खोज्दै मसँग आउँछन् ” | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

“प्रतिनिधिसभा पुनर्स्थापना भए दाहाल र नेपाल प्रधामन्त्री खोज्दै मसँग आउँछन् ”

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा केही गरी पुनर्स्थापना भईहाले पनि पुष्पकमल दाहाल र माधवकुमार नेपाल प्रधानमन्त्री खोज्दै आफुतिर नै आउने दावी गरेका छन् ।

मंगलबार राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नहुने र केही गरी भई हाले पनि दाहाल र नेपाल दुवै प्रधानमन्त्री हुने सम्भावना नभएको बताए । उनले पुनर्स्थापना भएपनि दाहाल नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्दै हिँड्ने टिप्पणी गरे । साथै प्रधानमन्त्री ओलीले दाहाल नेपाललाई बाटो सच्चाएर आफूतिर आउन समेत भनेका छन् ।

प्रधानमन्त्रीले पार्टीको चुनाव चिन्हबारे पनि भ्रममा नपर्न आग्रह गर्दै सूर्य चिन्ह आफूहरूले नै पाउने दाबी गरे । दाहाल एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेको बताउँदै उनले आफूले २०४८ सालमा निर्वाचन आयोगमा चिन्ह दर्तागराएपछि लगातार सूर्य चिन्हबाटै चुनाव लड्दै आएको स्मरण समेत गराए ।

प्रधानमन्त्रीले लोकतन्त्र र संविधान तलमाथि पर्न नदिने दाबी गर्दै देश ठिक बाटोमा जाने विश्वास दिलाए । उनले आफू ७० बर्ष पगेको भएपनि युवा नै रहेको बताउँदै युवाहरूलाई झिँगा होइन कर्मी माहुरी हुन समेत निर्देशन दिएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);