बालुवाटार बैठकमा नेताहरुको तमासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालुवाटार बैठकमा नेताहरुको तमासा

sacibalaya rajinama

काठमाडौं, १६ असार । नेकपाको स्थायी कमिटि बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि नेकपा भित्र विवाद चर्किएको छ । स्थायी कमिटी बैठकका चौंथो दिनमा छलफलको एजेण्डा बाहिर गएर अर्काे अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेर मुलुकमा फेरी राजीतिक अस्थिरता बढाउने काम गरेका छन् । प्रधानमन्त्रीका राजीनामा मागिएपछि बैठकमा नेताहरुबीच आरोप प्रत्यारोप गर्दै बाजाबाज समेत भएको छ ।

सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठकमा पार्टी एजेण्डा भन्दा पनि व्यक्ति एजेण्डामा केन्द्रित भई छलफल अघि बढेको छ । बैठक अघि तय भएको एजेण्डामा छलफल नभइ व्यक्ति केन्द्रित भएपछि नेकपा भित्र तनाब बढेको छ । तनाब यतिसम्मको कि, प्रधानमन्त्रीको राजीनामा मागको तहसम्म पुगेको छ । त्यति मात्र होइन को राष्ट्रवादी र को भारतवादी भन्नेसम्मको स्थितिमा बैठकमा पार्टीका दुई अध्यक्षबीच बाझाबाझ नै भएको छ ।

स्थायी कमिटीको बैठक निर्धारित समय अनुसार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटार डाकिएको थियो । यस अघिका बैठक झैं मंगलबारको चौंथो बैठक पनि बालुवाटारमै बस्यो । निर्धारित समय भन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकको शुरुमै वक्ताहरु पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिए । खनिनुको विषय आइतबार प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई बनाईयो । प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको भनी दिएको अभिव्यक्तिलाई लिएर पुष्टि गर्न चुनौती दिंदै नेकपाका शीर्ष नेताहरु नै प्रधानमन्त्री माथि एहोहोरो खनिन पुगे ।

अर्का अध्यक्ष दाहालले, भारतसँग सम्बन्ध विग्रने गरी अभिव्यक्ति दिएर तपाईले प्रधानमन्त्री पदकै गरिमा घटाउनु भयो भन्दै राजीनामा माग गर्नु भयो । तपाईको राजीनामा भारतले मागेको होइन मैले मागेको हो, किन भारतलाई दोष दिनु हुन्छ ? अहिले राजीनामा दिनुहोस दाहाल कडकिए ।

प्रधानमन्त्री माथि खनिनेहरुमा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, वामदेव गौतमहरु नै थिए । अध्यक्ष दाहालले त , काम गर्न नसक्ने भारतलाई दोष दिने भन्दै सिधै प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन माग गरे । अध्यक्ष दाहालले एकाएक चर्काे स्वरमा प्रधानमन्त्रीको राजीनामा मागेपछि बैठक कक्षको माहौल नै अर्कै भयो । माधव नेपाल , वामदेव गौतमले पनि भारतलाई किन हतियार बनाउन खोजिएको, कुटनीतिक मर्यादा विपरीत किन बोलेको भन्दै प्रधानमन्त्रीलाई असक्षम देखाउने गरी एकोहोरो खनिए ।

बैठकको माहौल तातेपछि प्रधानमन्त्री ओलीको बचाउनमा बोल्ने सदस्यहरु पनि उठ्दै बोल्न खोजेपछि निक्कैबेर आरोप प्रत्यारोप भयो । अध्यक्ष दाहाललाई अन्य सदस्यहरुले भारतीय लाइनमा किन बोलेको भनी प्रश्नको वर्षा गर्न थाले । आरोप प्रत्यारोप चकिए पछि प्रधानमन्त्री ओलीले संयम भएर पालै पालो बोल्न समय दिनु भएपछि अर्का अध्यक्ष दाहालले, भारतसँग सम्बन्ध विग्रने गरी अभिव्यक्ति दिएर तपाईले प्रधानमन्त्री पदकै गरिमा घटाउनु भयो भन्दै राजीनामा माग गर्नु भयो । तपाईको राजीनामा भारतले मागेको होइन मैले मागेको हो, किन भारतलाई दोष दिनु हुन्छ ? अहिले राजीनामा दिनुहोस दाहाल कडकिए ।

प्रधानमन्त्रीको प्रश्नपछि को राष्ट्रवादी र को भारतवादी भनी एक आपसमा भनाभन नै भयो । बैठकमा नेताहरुको प्रस्तुतीलाई हेर्दा त्यो कुनै कम्युनिष्ट पार्टीको बैठक भन्नै नमिल्ने देखिन्थ्यो ।

राजीनामा माग्नुको कारणलाई थप पुष्टि गर्न खोज्दै अध्यक्ष दाहालले, राजीनामा मैले आज मात्र मागेको होइन, नेपालको नयाँ नक्सा जारी हुनु अघिदेखि नै मागेको हो, त्यसकारण नक्सा सार्वजनिक पछि मागेको भनी भारतलाई नजोड्न प्रधानमन्त्रीलाई चेतावनीको स्वरमा भनेका थिए । बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार पालैपालो राजीनामाको माग उठाइएपछि प्रधानमन्त्री ओलीले तपाईहरुको लाइन र भारतको लाइन मिलेको छ नि भनी जवाफ दिनु भयो । नभए भारतीय संचार माध्यममा केही दिन अघिदेखि आएका कुरा र तपाईका कुरा कसरी मेल खायो ? प्रधानमन्त्रीको प्रश्नपछि को राष्ट्रवादी र को भारतवादी भनी एक आपसमा भनाभन नै भयो ।

बैठकमा नेताहरुको प्रस्तुतीलाई हेर्दा त्यो कुनै कम्युनिष्ट पार्टीको बैठक भन्नै नमिल्ने देखिन्थ्यो । पार्टी भित्रको लामो दवावपछि बसेको स्थायी कमिटी बैठकको चौथौ दिनमा यस्तो स्थिति देखिएपछि नेकपा भित्रैबाट मुलुकमा राजनीतिक अस्थिरता ल्याउन खोजिएको छ भन्ने बुझ्न कठिन छैन । पार्टी श्रोतले भन्यो, बैठक अघि नै बिहानै प्रधानमन्त्री ओलीको राजीनामा माग्ने भनी दाहाल, नेपाल, गौतम लगायतका नेताहरु तयारीका साथ बैठक कक्ष प्रवेश गरेका थिए । ओलीलाई प्रधानमन्त्रीबाट हटाई दाहाल पुन प्रधानमन्त्री बन्ने र माधव नेपाललाई पार्टी अध्यक्ष बनाउनेसम्मको तयारी गरिएको स्रोतले भन्यो ।

अध्यक्ष दाहाल एउटा सांसदको हैसियतमा मात्र छन् । एउटा सांसदलाई प्रधानमन्त्रीको राजीनामा प्रक्रिया र पार्टीको प्रक्रिया के हुन्छ भन्ने हेक्का नभएकै हो त ?

सरकारले अहिले सीमा समस्या समाधानको लागि भारतसँग वार्ताको लागि पहल गरिरहेको र भारतले अतिक्रमण गरेको नेपालको भूमि नेपालको नक्सामा पारी सार्वजनिक गरि अघि बढेको बेला नेकपा भित्रैबाट प्रधानमन्त्रीको राजीनामा माग्नुलाई राष्ट्रियताको सवालमा राम्रो संकेत मान्न सकिन्न । सरकारलाई बलियो बनाई सीमा समस्या समाधानमा सबै दल एक भई भारतलाई दवाव दिनु पर्नेमा सत्तारुढ दल भित्रै रडाको मच्चिएपछि भारतलाई खेल्ने ठाउँ बनेको छ । पटक पटक प्रधानमन्त्री भइ सकेका दाहालले कुन हैसियत र कसको आडमा ओलीको राजीनामा मागे ? पार्टी भित्र बहस भएको छ ।

दोश्रो तहको अध्यक्षका रुपमा रहेका दाहालले कुन विधि र प्रक्रियाको आधारमा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागे । बुझिनसक्नुको कुरा छ । प्रधानमन्त्रीको राजीनामा कुन अवस्थामा हुन्छ भन्ने कुरा संविधानमै व्यवस्था छ । संसदीय दलको कुरा गर्ने हो भने अध्यक्ष दाहाल एउटा सांसदको हैसियतमा मात्र छन् । एउटा सांसदलाई प्रधानमन्त्रीको राजीनामा प्रक्रिया र पार्टीको प्रक्रिया के हुन्छ भन्ने हेक्का नभएकै हो त ?

भारतसंग सीमा विवाद अन्तिम टुंगोमा पुर्याउन एक हुनु पर्ने ठाउँमा वेमौसमको बाजा बजाएर प्रधानमन्त्रीको राजीनामा माग्न नेकपा भित्रैका शीर्ष नेताहरु किन लागे ? यसबाट नेपाललाई बल पुग्छ कि भारतलाई ? राजीनामा माग्ने नेताहरुले जनतालाई जवाफ दिनु पर्ने बेला आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);