कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

gyankumari

काठमाडौं, १७ असार । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । बुधबार बिहान ६३ वर्षको उमेरमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा सांसद छन्त्यालको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

२०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गर्नुभएकी छन्त्याल महिला अधिकारका क्षेत्रमा लामो समय काम गर्नुभएको थियो । छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

छन्त्यालको निधनमा कांग्रेसका शीर्षस्थ नेताहरुले दुःख व्यक्त गरेका छन् । छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठक समेत स्थगित गर्ने तयारी भइरहेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);