नेकपाको दाहाल–नेपाल पक्षद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेकपाको दाहाल–नेपाल पक्षद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडाैं, २७ पुष । नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल पक्षले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गरेको छ । प्रतिनिधि सभा बिघटनसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा बिचाराधीन रहेको अवस्थामा त्यसलाई प्रभावित गर्ने गरी निर्वाचन सम्बन्धी गतिविधि अघि बढाइएकाले त्यसलाई बन्द गर्न आयोगसमक्ष माग गरिएको बताइएको छ ।

अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल सहित अन्य नेताहरु निर्वाचन आयोग पुगेर त्यस्तो माग गर्नुभएको हो । त्यसैगरी आयोगले पुष २३ गते दाहाल नेपाल पक्षलाई पठाएको पत्रबारे पनि सो पक्षले असन्तुष्टि जनाएको छ । आयोगले पुस १७ गते पठाएको पत्रप्रति नै आपत्ति जनाएका दाहाल नेपाल पक्षलाई फेरि २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउन भनेपछि भौतिक रुपमै आपत्ति जनाउन दाहाल नेपाल पक्ष आयोग पुगेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै नेकपाको दाहाल–नेपाल पक्ष आन्दोलनमा छ। पार्टीभित्रको आन्तरिक कलह चर्किदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधि सभा बिघटन गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको थियो । त्यसलाई सदर गर्दै राष्ट्रपति भण्डारीले २०७८ बैशाख १७ र २७ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);