सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधानको भावना विपरीत संसद विघटन भएकाले पुनर्स्थापना हुनेमा विश्वास व्यक्त गरे ।

प्रचण्डले गत पुश ५ गते भएका संसद विघटन सर्वोच्च अदालतबाट पुन पुनर्स्थापित भएको स्मरण गर्दै भने, ‘त्यतिबेला पनि मैले हामी जिउँदै छौं भनेका थियौं, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, त्यसकारण सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ ।’

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद विघटन गर्दा नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाएको उल्लेख गर्दै प्रचण्डले अहिले भने कांग्रेस दोधारमा नरहेको बताए । संसद् पुनर्स्थापना गर्नु पर्छ भन्नेमा कांग्रेस पनि आफूहरुको साथमा रहेको उल्लेख गर्दे संसद् विघटन प्रतिगमननै हो भन्ने पक्षमा कांग्रेस माधव पक्ष र जनता समाजबादी पार्टीको उपेन्द्र पक्षको साथ रहेको दावी गरेका छन् ।

कार्यक्रममा प्रचण्डले संविधान निर्माणका समयमा संविधानसभामा माओवादीले राखेको ‘नोट अफ डिसेन्ट’लाई अव फेरि जनताको बीचमा लैजानुपर्ने समय र्आको भन्दै सवै नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);