प्रदेश २ को संसद बैठक विपक्षीद्धारा अवरुद्ध, गलत निर्णय सच्याउन सांसदहरुको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रदेश २ को संसद बैठक विपक्षीद्धारा अवरुद्ध, गलत निर्णय सच्याउन सांसदहरुको आग्रह

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक विपक्षी दलद्धारा अवरोध गरिएको छ । मंगलबार विपक्षी दलका नेताहरुले स्थानीय तहमा पठाउने रकम मनोमानी ढंगबाट विनियोजन गरेको भन्दै रोष्ठम अवरोध गरेका हुन् ।

बैठकको सुरुवाती समयमै एमाले नेता एवंम सांसद सुन्दर बहादुर विकले सांसदको सिफारिसमा स्थानिय तहका लागि विनियोजन गरिएको रकम मनोमानी ढंगबाट चलाउन खोजेको आरोप लगाए । उनले गलत निर्णय नसच्याएसम्मका लागि बैठक चल्न नदिने तर्क गरेका छन् ।

सभामुख सरोजकुमार यादवले बैठक सुचारु गर्न आग्रह गरेपनि एमाले संसदीय दलका नेता शत्रुधन महतोले कम्तीमा यसको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक कुनैपनि हालतमा चल्न नदिने चेतवानी दिए ।

विपक्षी दल नमानेपछि सभामुखद्धारा बैठक एक घण्टाका लागि स्थगित गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);