प्रदेश १ को बैठकमा माओवादी केन्द्रले गर्‍यो अवरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

प्रदेश १ को बैठकमा माओवादी केन्द्रले गर्‍यो अवरोध

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक नेकपा माओवादी केन्द्रले अवरोध गरेको छ । आइतबार बसेको १६औं प्रदेशसभा बैठक माओवादी केन्द्रले अवरोध गरेको हो ।

माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि बैठक सोमबार सम्मका लागि स्थगित गरिएको प्रदेशभा कार्यलयले जानकारी दिएको हो । गत आइतबार प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले बजेटमाथि छलफल भइरहेको समयमा माओवादी केन्द्र सांसद मोहन खड्कामाथि गैर जिम्मेवार ढंगबाट प्रस्तुत भएका थिए ।

त्यसलगतै माओवादी केन्द्रका नेताहरुले गुरुङले माफी माग्नुपर्ने र उनको अभिव्यक्ति स्वत संसद्को रेकर्डबाट हटाउनुपर्नेमा माग गरेका थिए । तर सत्ता पक्ष विपक्षले राखेको मागसंग सहमत नहुँदा संसद् अवरुद्ध भएको प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन् ।

संसद अवरुद्ध भएपछि असार १५ गते सभामुख प्रदिपकुमार भण्डारीले छलफलका लागि भन्दै पाँच दिनका लागि बैठक स्थगित गरेका थिए । तर पाँच दिनमा दुई पटक छलफल भएपनि विवाद सतहमा आन सकेको छैन् ।

आइतबार संसद अवरुद्ध भएपछि मुख्यमन्त्री शेरधन राईले सर्वपक्षीय छलफल गरेका थिए । तर छलफलमा कुनै निष्कर्ष ननिस्किएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);