माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने, औपचारिक निर्णय भोलि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने, औपचारिक निर्णय भोलि

काठमाडौं, २१ चैत । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेश साहले जानकारी दिए ।

आइतबार बस्ने स्थायी कमिटीको बैठकले सरकारबाट समर्थन फिर्ताको औपचारिक निर्णय गर्ने साहको भनाई छ । यसअघि प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिन सकिने भन्दै समर्थन फिर्ता लिन चुनौती दिएका थिए ।

गएको फागुन २३ गते सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी ब्युँताउने निर्णय गरेसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिने या नलिने भन्ने चासोको विषय बन्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता नलिएकै कारण नयाँ सरकार गठबन्धनमा अवरोध सिर्जना भएको बताउँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);