पहिला समर्थन फिर्ता गर, अनि राजीनामा माग – प्रधानमन्त्रीओली | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

पहिला समर्थन फिर्ता गर, अनि राजीनामा माग – प्रधानमन्त्रीओली

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन कडा चुनौती दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गर्नेले समर्थन फिर्ता लिए राजीनामा दिन सकिने बताएका हुन् ।

प्रधानमन्त्रीले प्रश्न गरे–‘समर्थन फिर्ता नगर्ने अनि दिनैपिच्छे राजीनामा माग्ने? पहिला समर्थन फिर्ता लेउ न भनिराछु, लिँदैनन, दिनैपिच्छे राजीनामा मागेर म कसरी दिन सक्छु ?, राजीनामा आइहाल्न नि पहिला समर्थन फिर्ता गर न ।’

Leave a Reply