गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीहरुले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं, २५ चैत। गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीहरुले राजीनामा दिएका छन् । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले बुधबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रीहरुले पार्टीको निर्देशन बमोजमि राजीनामा दिएको बताएका छन् । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्रीद्धयले बुधबार राजीनामा दिएका हुन् ।

बुधबार बसेको माओवादी संसदीय दलको बैठकले उक्त निर्णय गरेको एक सांसदले जानकारी दिए । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा भने केही निर्णय गरिएको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);