कर्णाली प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिए | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कर्णाली प्रदेशमा एमालेका मन्त्रीहरुले राजीनामा दिए

karnali pradesh

काठमाडौं, २४ चैत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनै मन्त्रीहरुले राजीनामा दिएका छन्।

नेकपा एमालेका मन्त्रीहरु दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका हुन् । रावलले सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका थिए भने ज्वालाले अर्थ र बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्दै आएका थिए । यी तीने मन्त्री एमालेको नेपाल–खनाल पक्षका हुन् ।

नेपाल–खनाल पक्षसहित यसअघि बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

एमालेका मन्त्रीहरुले राजीनामा दिएसँगै प्रदेश मुख्यमन्त्री माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ । अव शाहीलाई विश्वासको मत जित्नुपर्ने दवाब रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);