मुख्यमन्त्री राईले गरे प्रदेश १ को मन्त्रिपरिषद् विस्तार | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

मुख्यमन्त्री राईले गरे प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

विराटनगर, १३ चैत । मुख्यमन्त्री राईले नेकपा माओवादी छोडेर एमालेमा आएकाहरुलाई मन्त्री बनाउँदै शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

माओवादी छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् ।

त्यसैगरी एमालेको नेपाल–खनाल पक्ष छोडेर ओली पक्षमा लागेकी खोटाङकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ । यस अघि सो मन्त्रालय मन्त्री जीवन घिमिरेले सम्हाल्दै आएको थिए । तर घिमिरेले राजीनामा दिएपछि आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले नै सो मन्त्रालय सम्हाल्दै आएका थिए ।

त्यसैगरी भौतिक पूर्वाधार मन्त्रालय र कृषि मन्त्रालय अम्बिरबाबुको जिम्मामा दिइएको छ । हालसम्म उनी राज्यमन्त्री थिए । त्यसैगरी कृषि राज्यमन्त्रीमा कला घले नियुक्त भएका छन् भने वन राज्यमन्त्रीमा राजकुमार ओझा नियुक्ती पाएका छन् ।

गएको पुस १२ गतेदेखि मुख्यमन्त्रीसहित चार वटा मन्त्रालय सम्हाल्दै आएका राईसँग रहेका अन्य दुई मन्त्रालयमा पनि चाँडै मन्त्री नियुक्तीको तयारी रहेको बताइएको छ ।

नवनियुक्त मन्त्रीहरुको शुक्रबार नै प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);