प्रधानमन्त्री ओलीसँग सत्ता साझेदारी हुँदैन : यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रधानमन्त्री ओलीसँग सत्ता साझेदारी हुँदैन : यादव

Upendra-Yadav

कपिल अधिकारी
बुटवल, १३ चैत ।
जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसंग कुनै हालतमा सत्ता साझेदारी नहुने प्रष्ट पारेका छन् । संविधान विरोधी,लोकतन्त्र र संघीयता विरोधीसंग सत्ता साझेदारी, सतिजाने वा लगनगांठो नकसिने दावी गरे ।

प्रेस मञ्च नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले अहिलेको सरकार पूर्ण रुपमा असफल भईसकेको बताए ।

अहिलेको ओली नेतृत्वको सरकार विस्थापित गरेर प्रतिगमनको विरुद्ध र लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नयाँ सरकार गठन गरी निर्वाचनमा जानुपर्ने उनको भनाई छ । संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका लागि अब नयाँ सरकार बनाउनुपर्ने उनको भनाइ छ ।

जसपाका नेताहरु चौबिसै घण्टा बालुवाटारमा देखिने गरेकोबारे सोधिएको प्रश्नबारे उनले रेशम चौधरीको मुद्धा र राजबन्दी रिहाइको लागि मात्रै भएको र सत्तामा जानका लागि नभएको उनको दावी छ । उनले आफ्नो पार्टी नफुट्ने र कुनैपनि बहानामा केपी ओली र ओली प्रवृत्तिसंग साठंगाठं नहुने बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);