माओवादी केन्द्र आज पुनरावलोकनमा जाने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

माओवादी केन्द्र आज पुनरावलोकनमा जाने

काठमाडौं, १३ चैत। नेकपा एमाले र नेकपा माओवादी ब्यँुुुताउने सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र शुक्रबार पुनरावलोकनमा जाने भएको छ । गएको फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएको थियो ।

माओवादी केन्द्र पुनरावलोकनमा जाने, सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने

सो निर्णयका विरुद्ध नेकपा माओवादीले आज पुनरावलोकनमा जाने तयारी गरेको हो । माओवादी केन्द्रले भ्याएमा आज, होइन भने सोमबार सर्वोच्च अदालतमा पुनरावलोकनको निवदेन दर्ता गर्ने बताइएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा नाम ऋषि कटेललाई प्रदान गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको हो ।

सो निर्णयलाई माओवादी केन्द्रले राजनीतिक निर्णयको संज्ञा दिँदै पुनरावलोकनमा जाने निर्णय गरेपनि एमालेले भने निर्णयविरुद्ध नजाने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);