सर्वोच्चको निर्णय सच्चिने अध्यक्ष दाहालको विश्वास | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सर्वोच्चको निर्णय सच्चिने अध्यक्ष दाहालको विश्वास

काठमाडौं, १७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने निर्णय सच्चिनेमा विश्वास रहेको बताएका छन् ।

सर्वोच्चको फागुन २३ को फैसला पुनरावलोकन निवेदन सवोच्चमा दर्ता गराए पश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले सर्वोच्चको निर्णय सच्चिनेमा विश्वास रहेको बताएका हुन् ।

माओवादी केन्द्रले सर्वोच्च अदालतले गएको फागुन २३ गते सर्वोच्चले नेकमा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी गरेको फैसलालाई राजनीतिज्ञ फैसला बताउँदै आएको छ ।

सवोच्चले रिट निवेदकले नमागेको आदेश दिएको बताउँदै अध्यक्ष दाहालले यसअघि पनि यस्ता निर्णयहरु पुनरावलोकनमा भएकाले यो फैसला पनि सच्चिने आशा व्यक्त गरेका छन् ।

यसअघि पुनरावलोकन दिन मंगलबार बिहान ११ बजे अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरू बर्षमान पुन, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा सर्वोच्च अदालत पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);