वामपन्थी नेता विष्णुबहादुर मानन्धरको अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको अन्त्येष्टि

काठमाडौं, १७ चैत । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । उनको अन्त्येष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको छ ।

नेता मानन्धरलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरुले अन्तिम बिदाई गरे ।

नेता मानन्धर नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार नेताको रुपमा परिचित थिए । उनको नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) बनाउनको लागि महत्वपूर्ण भूमिका रहेको छ । विक्रम सम्बत १०८९ मा जन्मिएका मानन्धर लामो समयसम्म नेकपा (संयुक्त)को महासचिव थिए ।

Leave a Reply

ताजा समाचार