मानन्धरको ‘संङ्घर्षका पानाहरु’ पुस्तक लाेकार्पण | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८३, बुधवार

मानन्धरको ‘संङ्घर्षका पानाहरु’ पुस्तक लाेकार्पण

काठमाडाैं । कम्युनिष्ट नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा विष्णुबहादुर मानन्धरद्वारा लिखित ‘संङ्घर्षका पानाहरु’ पुस्तकको लाेकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी मानन्धरको आत्माकथा ‘संङ्घर्षका पानाहरु’को लाेकार्पण गरिएको हो ।

पुस्तक लाेकार्पण कार्यक्रममा पूर्वराजदुत निलाम्बर आचार्यले विष्णुबहादुर मानन्धरजस्तो नेता आजको समाजमा फेला पार्न नसकिने बताउनुभयो । मानन्धर सम्पन्न परिवारको व्यक्ति भएपनि एकदमै सादगी र सरल जीवनशैलीमा उहाँको जीवन बितेको उहाँको भनाइ छ । उहाँले स्वच्छ छवि र सरल जीवनशैलीको रुपमा मानन्धरलाई स्मरण गर्नुभयो । मानन्धर नेपालको किसान आन्दोलन, कम्युनिष्ट आन्दोनल र प्रजातान्त्रिक आन्दोलनको खम्बा रहेको उहाँको भनाइ छ ।

उहाँले यो पुस्तकले मानन्धरलाई सदा जीवित राख्ने बताउनुभयो । उहाँले मानन्धरको जीवनशैली वर्तमान राजनितिक परिथितिमा अत्यन्तै आवश्यक र उदाहरणीय रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, कानूनविद् निलाम्बर आचार्य, पूर्वमन्त्री गणेश शाह लगायतको उपस्थिति रहेको थियो । पुस्तकलाई पब्लिकेशन बजारमा ल्याएको हो ।

Leave a Reply