काठमाडौं । राष्ट्रिय सुसेली फाउन्डेशनको आठौं वार्षिकोत्सव विशेष समारोहबीच सम्पन्न भएको छ । यही बैशाख २ गते फाउन्डेशनको वार्षिकोत्सव सञ्चार तथा साहित्य क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्दै सम्पन्न गरिएको हो ।
फाउन्डेशनका अध्यक्ष दुर्गा अधिकारी ‘भमरकोटे’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव दामोदर ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने उपाध्यक्ष सुशीला ढकाल अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा फाउन्डेशनका संरक्षक–सल्लाहकार चन्द्रा न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्ण केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो यस अवसरमा सुसेली सम्राट बेदप्रसाद गौडेलले सुसेली भजन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा दामन पोस्ट साप्ताहिक तथा दामन पोस्ट डटकमका संस्थापक प्रधान सम्पादक, पत्रकारिता विषयका सहायक प्राध्यापक तथा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शन्तराम बिडारीलाई ‘विनोद–सुधा सुसेली सम्मान’ द्वारा सम्मानित गरिएको थियो । बिडारीले सुसेली विधासम्बन्धी समाचार तथा गतिविधिहरूलाई निरन्तर आफ्नो माध्यममार्फत प्रकाशन गर्नुका साथै यसको व्याख्या, खोज तथा ऐतिहासिक पहिचानबारे परिचर्चा गर्दै लोकप्रियता वृद्धि गर्न योगदान पुर्याएको उल्लेख गरिएको छ ।
कार्यक्रममा बिडारीसँगै सञ्चारकर्मी तथा नोवेल साकोस साहित्यिक संस्थाका संस्थापक अध्यक्ष राजन न्यौपाने, संगीतकार विष्णु गुरुङ लगायतलाई पनि सम्मान गरिएको थियो।
यसैगरी व्यङ्ग्य कवि बासुदेव गुरागाईं ‘पिँडालु पण्डित’, प्राज्ञ डा. कौशिला रिसाल, साहित्यकार सजय सोती, वरिष्ठ साहित्यकार गंगा कार्मचाय पौडेल, मदनराज थापा, डिल्लीप्रसाद मूलतीहुन, रामशरण न्यौपाने, तिलक भट्टराई ‘कल्पित’, माधव रिजाल, लक्ष्मीप्रसाद मिश्र, लव जोशी, ललिता दोषी, इन्जिनियर बेदप्रसाद गौडेल, दीर्घबहादुर चन्द, संगिता खरेल, पाल्पा स्थित परेवा पत्रिकाका सम्पादक भोजराज भट्टराई, बुद्धिमान दनुवार, संगिता केसी लगायत २२ जना सम्मानित भएका थिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, संस्थाका सल्लाहकार सहप्राध्यापक डा. शैलेन्दु प्रकाश नेपाल, संस्थाका सल्लाहकार बमबहादुर थापा जिताली, साहित्यकार कलानिधि दाहाल, ठाकुर शर्मा भण्डारी, विष्णु पन्त, प्रा.डा. गोविन्दमान सिंह, थरेन्द्र बराल, कपन–वानेश्वर साहित्यिक पत्रिकाका निवन्ध आचार्य लगायतको सहभागिता रहेको थियो ।
यसैगरी संस्थाका कोषसंस्थापकहरू तेजप्रकाश बानियाँ, रामप्रसाद अधिकारी, सुचिता काफ्ले, डा. शेषरमण न्यौपाने, केशव ढकाल, विमला ढकाल, बमबहादुर रायमाझी, जानुका थापा रायमाझी, मुरलीप्रसाद ढकाल, सरस्वती ढकाल, कृष्ण केसी, गुनु केसी, पुनम घिमिरे, ध्रुवराज घिमिरे, सुवास आचार्य, शारदा आचार्य, बिनोद ढकाल, सुधा बास्कोटा ढकाल, बलराम ओझा, सरला ओझा लगायतको पनि सहभागिता थियो ।
कार्यक्रममा कवि, साहित्यकार तथा संगीतकार–गायकहरूको बाक्लो उपस्थिति रहेको थियो । उनीहरूले सुसेली गायनका साथै नृत्य प्रस्तुत गरी कार्यक्रमलाई रोचक बनाएका थिए । कार्यक्रममा विशिष्ट अतिथि चन्द्रा न्यौपानेले संस्थालाई शुभकामना दिँदै सम्मानित व्यक्तित्वहरूको योगदानबारे चर्चा गर्नुभयो। यस्तै सल्लाहकार डा. शैलेन्दुप्रकाश नेपालले फाउन्डेशनको कार्यको खुलेर प्रंशंसा गर्नुभयो ।
सुसेली उपविधाका प्रवर्तक एवं संस्थापक केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’को सभापतित्वमा सम्पन्न कार्यक्रमको अन्त्यमा उहाँले उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तिहरूका तर्फबाट वरिष्ठ पत्रकार शन्तराम बिडारी र प्राज्ञ डा. कौशिला रिसालले मन्तव्य राख्दै फाउन्डेशनको आगामी यात्रा अझ सफल हुने विश्वास व्यक्त गर्नुभयो । उनीहरूले नेपाली साहित्य र संस्कृतिको प्रवर्द्धन फाउन्डेशनले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
संस्थाकी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार सुशीला ढकाल अधिकारीले मौलिक साहित्यको संरक्षणमा जोड दिँदै विदेशी संस्कृतिको प्रभावभन्दा आफ्नै परम्परागत साहित्यको जगेर्ना आवश्यक रहेको धारणा राख्नुभयो।





