काठमाडौँ ।
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन–जी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भयौँ कि भएनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवयक रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गत वर्षको जेनजी पुस्ताको आन्दोलन सरकार परवर्तनको लागि नभई राज्य सञ्चालनको संस्कार परिवर्तनको लागि भएको उहाँको भनाइ छ । उहाँले जेन–जी आन्दोलनको मर्मअनुसार मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सांसद केसीले अहिले बजारमा मल र ग्यासको हाहाकार भएको विषयमा सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सबै पक्ष एकजुट भएर सामना गर्नुपर्ने समेत बताउनु भयो ।रसुवाको भोटेकोशीमा आएको बाढीका कारण टनेलमा फसेका नागरिकको उद्धारमा सरकारले थप प्रभावकारी काम गर्न आवश्यक रहेको पनि बताउनु भयो ।





