देश/समाज

लोकतन्त्रमाथिको आक्रमण र ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसाको छानबिन हुनुपर्छः सांसद विष्णुमाया विक

काठमाडौँ ।

नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको बताउनुभएको छ ।बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमान्दारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाउनुभएको हो । सांसद विकले ३५ वर्षको लोकतान्त्रिक कालखण्डमा नेपालले हासिल गरेका विकासका उपलब्धिहरूलाई कतिपयले गलत भाष्य निर्माण गरी ओझेलमा पार्न खोजेको बताउनु भयो । उहाँले मध्यपहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत र अन्तर्राष्ट्रिय विमानस्थलहरू जस्ता गौरवका आयोजनाहरू यही समयमा सम्पन्न भएको स्मरण गराउनु भयो । उहाँले नेपालले विकासशील राष्ट्रको सूचीमा प्रवेश गरिरहँदा भदौ महिनामा भएको आन्दोलनले भौतिक र मानवीय संरचनामा पु¥याएको क्षति दुःखद् रहेको उल्लेख गर्नुभयो ।

उहाँले लोकतन्त्रको रक्षाका लागि संघर्ष गरेका नेताहरूमाथि भएको दुव्र्यवहारप्रति आपत्ति जनाउँदै यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने संकेत गर्नुभयो । उहाँले वर्तमान सरकारसँग जनादेशलाई संस्थागत गर्ने इमानदारिता नभएको जिकिर गर्दै राजनीतिक स्थिरताका लागि दलविरोधी अभियानहरू घातक रहेको चेतावनी दिनुभयो ।

Related Post
Share

This website uses cookies.