जेन–जी शहीदका परिवार र घाइतेहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

जेन–जी शहीदका परिवार र घाइतेहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री पुरुषोत्तम यादवले जेन–जी शहीदका परिवार र घाइतेहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले जेन–जी आन्दोलन सत्ता प्राप्तीको लागि नभई मुलुकमा सुशासन कायन गर्नको लागि भएको समेत जिकिर गर्नुभयो । उहाँले जेन–जी आन्दोलनको माग र मर्म जनताले अनुमोदन गरिसकेको समेत बताउनु भयो । उहाँले जेलमा रहेका जेनजीहरूलाई समेत तत्काल रिहा गर्न माग गर्नुभयो । उहाँले सुशासनको माग गर्दै सडकमा आएका जेनजीमाथि लाठी र गोली प्रहार भएको उल्लेख गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूको पीडा सम्बोधन गर्न सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो । उहाँले विगतको सम्मान गर्दै आफूले नागरिकसमक्ष गरेका प्रतिवद्धता पूरा गर्न सरकारसँग आग्रह पनि गर्नुभयो ।

Leave a Reply

ताजा समाचार