छैटौँ एशियन बीच गेम्समा नेपालले दुई खेलमा सहभागिता जनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

छैटौँ एशियन बीच गेम्समा नेपालले दुई खेलमा सहभागिता जनाउने

काठमाडाैं । छैटौँ एशियन बीच गेम्स २०२६ मा प्रतिस्पर्धा गर्ने दुई खेलका खेलाडीलाई चीन प्रस्थान गर्दैछन् । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) ले कार्यालय सातदोबाटोमा खेलाडीहरुलाई बिदाई गरेको हो ।

चीनको सानियामा हुने छैटौँ एसियन बीच गेम्सका लागि नेपालको तर्फबाट २ वटा खेलले सहभागिता जनाउनेछ । नेपालबाट महिला कबड्डी टिम र कुस्तीले नेपालको तर्फबाट छैटौँ एशियन बीच गेम्समा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको लागि यस प्रतियोगितामा कबड्डीबाट ६ खेलाडीसहितको टिम र कुस्तीमा पुरुषतर्फ २ र महिलातर्फ एक खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ सुरेश चुनाराले ८० किलोमा प्रतिस्पर्धा गर्नेछन् भने त्रिलोकी प्रसाद यादवले ९० केजी माथिको तौलमा प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सुशिला चन्दले ७० केजीमा प्रतिस्पर्धा गर्नेछिन् ।

खेलाडीलाई बिदाई गर्दै ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई आफ्नो उत्कृष्ट दिँदै नेपालको नाम उच्च राख्दै खेल्न अनुरोध गरे । उनले यस पटक चाहेर पनि नेपालबाट धेरै खेल सहभागी गराउन नसकेको भन्दै खेलेका खेलहरूले राम्रो प्रदर्शन गरी नेपालको नाम राख्न शुभकामना दिए ।

‘विश्ववरियताका आधारमा सहभागी हुन पाउने भएकाले धेरै खेल सहभागी गराउने इच्छा हुँदा पनि हामीले सहभागिता गराउन सकेनौँ। तर सहभागी तपाईंहरुले नेपालको नाम राख्ने गरी राम्रो प्रदर्शन गर्नुहोला ।’

बिदाई कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैद्य, महासचिव राजिव श्रेष्ठ लगायतका पदाधिकारीहरु उपस्थित रहेका थिए ।

Leave a Reply