सागका लागि महिला र पुरुष भलिबलको खेल तालिकाको टुंगो | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

सागका लागि महिला र पुरुष भलिबलको खेल तालिकाको टुंगो

SAG 2019

काठमाडौं, ४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि भलिबलको खेल तालिकाको टुंगो लागेको छ । सागका लागि महिला र पुरुष भलिबलको खेल तालिकाको टुंगो बुधबार लागेको हो ।

खेल तालिका अनुसार पुरुषतर्फ नेपालको समूह एमा भारत र बंगलादेश परेका छन् । समूह बीमा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा आगामी बुधबार बंगलादेशसंग खेल्नेछ ।

समुह चरणको अन्तिम खेलमा मंसिर १३ गते भारतसंग खेल्नेछ । समूह चरणको शीर्ष दुई टिम प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्नेछन् र उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सागका लागि नेपालले १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेको छ । पुरुष भलिबल टिम मंगलबार मात्र भारतीय टिमसंग प्रशिक्षण तथा अभ्यास खेल खेलर स्वदेश फर्किएको छ ।

यसैगरी महिलातर्फ पनि समूह ‘ए’मा नेपालसंगै भारत र बंगलादेश रहेका छन् । समूह ’बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । भलिबलका प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);