साफ अण्डर-१८ च्याम्पियनसिप फुटवलको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साफ अण्डर-१८ च्याम्पियनसिप फुटवलको खेल तालिका सार्वजनिक

काठमाडौं, २३ साउन । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार पहिलो खेलमा नेपालले पाकिस्तानको सामना गर्ने भएको छ।

बंगलादेशको ढाकामा साफले बिहिबार सार्वजनिक गरेको ’ड्र’ मा नेपालले पहिलो प्रतिद्वन्दी पाकिस्तान पाएको हो । समूह ’ए’ मा रहेको नेपालले पाकिस्तानसँग असोज ३ गते खेल्नेछ ।

साबिकको विजेता समेत रहेको नेपालको समूहमा भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । यस्तै नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग असोज ५ गते खेल्नेछ । यस्तै अन्तिम खेल भुटानसँग असोज ७ गते खेल्नेछ ।

समूह ’बी’ मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् । दुई समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल असोज १२ गते हुनेछ । पाकिस्तान र श्रीलङ्काले पहिलो पटक प्रतियोगितामा सहभागीता जनाएका हुन् । शसस्त्र प्रहरी बलको मैदान हल्चोकमा आयोजना हुने प्रतियोगिताको लागि नेपाली टिमले तयारी सुरु गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);