जिल्ला खेलकुद विकास समिति सप्तरीमा लागेको ताला अझै खुलेन | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

जिल्ला खेलकुद विकास समिति सप्तरीमा लागेको ताला अझै खुलेन

jilla khelkud saptari

सौरभ यादव
सप्तरी, २२ साउन । जिल्ला खेलकुद विकास समिति सप्तरीको कार्यालयमा भएको तालाबन्दीका कारण जिल्लामा खेलकुद गतिविधि तथा खेलकुद विकास कार्यहरु ठप्प भएका छन् । समितिका पदाधिकारीले नै दुई महिना अघि लगाएको ताला अझै खुल्न सकेको छैन । ताला खुल्न नसक्दा खेलकुद विकासका लागि आएको ३५ लाख रुपैँया बजेट फ्रिज भएको छ ।

जिल्ला खेलकुद विकास समिति सप्तरीमा समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको नेतृत्वमा लगाइएको ताला अझै खुल्न सकेको छैन । खेलकुद समितिमा तालाबन्दी गरिएकाले समितिको दैनिक गतिविधि लगायत खेलकुद विकासका काम कार्य समेत ठप्प भएको छ ।

उपाध्यक्ष बर्माको नेतृृत्वमा समितिका बहुमत पदाधिकारीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, अहिले सम्म सार्वजनिक नगरिएको २०७१ सालदेखिको आयव्यय सार्वजनिक गर्नुपर्ने, समितिको खाता कार्यालय प्रमुख र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट संचालन गर्नुपर्ने तथा कार्यालय प्रमुख दिनेश भुजेलको सरुवा गर्नुपर्ने लगायतका माग राख्दै समितिको मुख्य गेटमै तालाबन्दी गरिएको हो ।

जेठ ७ गतेदेखि समितिमा भएको तालाबन्दीले खेलाडी र खेल प्रेमी निरास भएका छन् । तालाबन्दीले गर्दा खेलाडीहरुले व्यवस्थित तरिकाबाट अभ्यास गर्न पाएका छैनन् भने कुनै सुविधा पनि पाउन सकेका छैनन् ।

तालाबन्दीले गर्दा पूर्वाधार निर्माणका लागि आएको ३५ लाखको बजेट पनि फ्रिज भएको छ । जिल्लाको कंचनरुप नगरपालिकामा निर्माण गरिने तय भएको मदन भण्डारी खेल ग्रामका लागि आएको २५ लाख र सप्तकोशी नगरपालिकामा कभर्डहल निर्माणका लागि आएको १० लाख गरी ३५ लाख रुपैँया विवादकै कारण फ्रिज भएर जिल्लाको खेलकुद क्षेत्रलाई ठुलो घाटा भएको खेलप्रेमीहरुको भनाई छ ।

यता उपाध्यक्ष धिरेन्द्र बर्माले खेलकुद र खेलाडीको हितका लागि विभिन्न माग राखी ताला लगाएको तर राष्ट्रिय खेलकुद परिषदले बेवास्ता गरेको बताउनु भयो । जायज माग पुरा नगरेसम्म ताला नखोलिने उहाँको अडान छ ।

समितिका पदाधिकारीहरुमा हाल दुई गुट देखिएको छ । कुल ११ सदस्यीय समितिमा अध्यक्ष अमर खावासको पक्षमा दुई तथा उपाध्यक्ष बर्माको पक्षमा नौ जना उभिएका छन् ।

एक पक्षले अध्यक्ष अमर खवास र कार्यालय प्रमुख भुजेलको संयुक्त हस्ताक्षरमा समितिको खाता संचालन हुुनुपर्ने अडान लिएका छन् भने अर्को पक्षले कोषाध्यक्ष राजेश चौधरी र कार्यालय प्रमुखको संयुक्त हस्ताक्षरमा बैंक खाता संचालन हुनुपर्ने अडान लिएकै कारण विवाद सामाधान हुन नसकेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);