खेलकुद संरचनाको खाका तयार गर्न 'राखेप' व्यस्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

खेलकुद संरचनाको खाका तयार गर्न ‘राखेप’ व्यस्त

काठमाडौं, १९ माघ ।  मुलुक संघीय प्रणालीमा गएसँगै नेपाली खेलकुदको संरचना कस्तो हुने र अब खेलकुदलाई कसरी अगाडि बढाउने भन्ने बहस भइरहेको छ । नेपाली खेलकुदको जिम्मेवारी सम्हालेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि खेलकुद संरचनाको खाका तयार गर्न व्यस्त छ ।

खेलकुदको नयाँ संरचना बनाउन राखेपले सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा २२ सदस्यीय समिति गठन गरेर काम गरिरहेको छ । एक महिनाअघि गठित उक्त समितिले संघीय संरचनाअनुसार नेपाली खेलकुदको नयाँ संरचना कस्तो हुने भन्नेबारे गहन छलफल गरी प्रतिवेदन तयार पार्नेछ । समितिका सदस्यसमेत रहेका राखेपाका कार्यालय प्रमुख बासुदेव आचार्यका अनुसार समितिले युवा तथा खेलकुद मन्त्रालयको पत्रका आधारमा खेलकुदको भावी संरचनाको विषयमा गृहकार्य गरिरहेको छ । समितिले खेलकुदको प्रशासनिक संरचना, कर्मचारी व्यवस्थापन, चल–अचल सम्पत्ति, कार्यक्रम, बजेट र कार्य विवरणलगायतका विषयमा छलफल फागनु पहिलो साताभित्र सुझाव प्रतिवेदन पेस गर्ने आचार्यले बताए ।

राखेपको संरचना निर्धारण गर्दा केन्द्र र सातवटा प्रादेशिक संरचना बन्ने स्पष्ट भए पनि स्थानीय तहलाई कसरी सम्बोधन गर्ने भन्ने विषयले सकस पारेको छ । यसअघि केन्द्रमा राखेपसहित पाँच विकास क्षेत्रमा क्षेत्रीय खेलकुद विकास समिति र जिल्लामा जिल्ला खेलकुद विकास समितिको संरचना थियो । पहिला ७५ जिल्ला हुँदै क्षेत्रीय र राष्ट्रियस्तरको खेलकुद गर्न नै कठिन रहेको अवस्थामा अब स्थानीय तहअनुसार चल्दा खेलकुदको पनि सात सय ५३ वटा निकाय बनाउनुपर्छ ।

योजना, बजेट समायोजन, आदि कुराको टुंगो लागाएपनि राखेपले गठन गरेको समिति कर्मचारी र संरचनाबारे अझै अलमलमा देखिन्छ । राखेपले २०४८ सालको ऐनका आधारमा अहिले कर्मचारी व्यवस्थापन, खेलकुद गतिविधि, संरचना निर्माण, कार्यक्रम र बजेट तर्जुमालगायतका काम गरिरहेको छ । संघीय ढाँचाअनुसार यसका प्रशासनिक संयन्त्र तयार गर्न मुख्य सचिवको नेतृत्वमा देशभरिकै प्रशासनिक विषयका समिति, सम्बन्धित मन्त्रालयको छुट्टै र सम्बन्धित इकाइको गरी छुट्टाछुट्टै तीन समिति तयार भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);