कोपा डेल रे अन्तर्गत बार्सिलोनाद्वारा भ्यालेन्सिया १–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोपा डेल रे अन्तर्गत बार्सिलोनाद्वारा भ्यालेन्सिया १–० ले पराजित

एजेन्सी, १९ माघ । स्पेनिस कोपा डेल रे कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेल पूरै आफ्नो नियन्त्रणमा राखे पनि बार्सिलोनाले गोलका लागि दोस्रो हाफसम्म पर्खनुपर्‍यो । दोस्रो हाफको ६७ अौं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरेका हुन् । लिओनल मेस्सीले दिएको पास सदुपयोग गर्दै स्वारेजले  गोल गरे ।

बार्सिलोना र भ्यालेन्सियाबीचको दोस्रो लगे भ्यालेन्सियाको मैदानमा ६ दिनपछि हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);