भ्यालेन्सियालाई हराउदै बार्सिलोना कोपा डेल रे को फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भ्यालेन्सियालाई हराउदै बार्सिलोना कोपा डेल रे को फाइनलमा

एजेन्सी, २६ माघ । स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार बार्सिलोनाले भ्यालेन्सियालाई पराजित गर्दै  कोपा डेल रे कपको फाइनलमा पुगेको छ ।

गएराति भएको दोस्रो लेगमा भ्यालेन्सियालाई २–० ले पराजित गर्दै बार्सिलोना फाइनलमा प्रवेश गरेको छ । बार्सिलोना कोपा डेल रे कपको फाइनलमा पुगेको यो लगातार पाँचौं पटक हो । बार्सिलोनाको जितमा काउटिन्हो र राकिटिकले १-१  गोल गरे ।

बार्सिलोनाले भ्यालेन्सियालाई पहिलो लेगमा १–० ले पराजित गरेको थियो । फाइनलमा बार्सिलोनाले सेभिल्लाको सामना गर्ने छ । सेभिल्ला लेगानेसलाई समग्रमा ३–१ ले पराजित गरेर यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);