बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश

एजेन्सी, २० फागुन । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले ९ खेलाडीमा सीमित भएको सेभिल्लालाई ३–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–२ को जितसहित फाइनलमा पुगेको हो । बार्सिलोनाका लागि १२ औँ मिनेटमा डेम्बेले र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा पिकेले गोल गरे । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो बार्सिलोनाका लागि ९५ औँ मिनेटमा ब्रेथवेटले गोल गरेर जित दिलाए ।

सेभिल्लाका रिगेस इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड र डी जोङ्गले १ सय ३ औँ मिनेटमा सीधै रातो कार्ड पाए । पहिलो लेगमा बार्सिलोना २–० ले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);