कोपा डेल रे फुटबलमा रियल म्याड्रिडले नुम्यानसियालाई ३–० ले पराजित गर्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

कोपा डेल रे फुटबलमा रियल म्याड्रिडले नुम्यानसियालाई ३–० ले पराजित गर्यो

काठमाडौं, २१ पुष ।स्पेनिस कोपा डेल रे फुटबलमा रियल म्याड्रिडद्वारा नुम्यानसिया ३–० ले पराजित, मेस्सीबीना खेलेको बार्सिलोना सेल्टा डि भिगोसँग १–१ को बराबरीमा रोकियो

स्पेनिस कोपा डेल रे फुटबलमा रियल म्याड्रिडले नुम्यानसियालाई ३–० ले पराजित गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको हो । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले नुम्यानसियालाई ३–० ले हराउन सफल भयो । रियल मड्रिडको जितमा ग्यारेथ बेल, इस्को र बोर्जा मायोरलले एक एक गोल गरे । ६० औँ मिनेटमा पेपे माली डियामान्का दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नुमान्सिया १० खेलाडीमा सीमित भयो । यो खेलमा रियल स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र करिब बेन्जिमा बिना नै मैदानमा उत्रिएको थियो ।

यता, अन्तिम १६ को पहिलो लेगमा स्पेनिस लिग लिडर बार्सिलोना भने बराबरीमा रोकिएको छ । बार्सिलोना सेल्टा डि भिगोसँग १–१ को बराबरीमा रोकिएको हो । दुवै टिमले पहिलो हाफमा एक एक गोल गरेपनि त्यसपछि गोल गर्न सकेनन् । यो खेलमा यहि सिजन बार्सिलोना आएका ओस्मान डेम्बेले खेलेका थिए ।

गएको सेप्टेम्बर १६ देखि चोटका कारण मैदान बाहिर रहेका डेम्बेले अन्तिम २० मिनेट खेलेका थिए । यो खेलमा बार्सिलोना स्टार स्ट्राइकर लियोनल मेस्सी तथा लुइस स्वारेज बिना खेलेको थियो । राति भएका अरु खेलमा लेगानेसले भिल्लारियललाई १–० तथा लेभान्टेले इस्पानियोललाई २–१ ले हरायो ।